प्रचण्डको पक्षमा बाबुरामको इन्ट्री, ‘साक्षी म हुँ’ भन्दै यतिसम्म भनेपछि सबै चकित, कांग्रेसभित्र खैलाबैला

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जुनयु’द्ध दिवसका अवशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् । शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका लागि स्व. गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको बताए ।

१२ बुंदे समझदारीमा नै काँग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उनले बताए । उनले भने, ‘उहाँ (प्रचण्ड) को सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ । उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्र’हार गर्ने सहमति भएको थियो ।’

तत्कालीन समयमा आफूहरुले यु’द्धविराम भंग गरेर जाने निर्णय गर्दा गिरिजाले ठो’क्नुपर्‍यो भनेको भट्टराईले बताए । ‘पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले अझै ठोक्नुपर्‍यो भनेर चाँही भन्नुभएको हो,’ उनले भने, ‘लौन कारवाही अगाडी बढाउनुप-यो उहाँले भनेको हो म पनि साक्षी थिए । एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन् । नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारवाही बढाउनुप-यो भन्नुभएको हो ।’

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेले अहिले केही भन्न नसकिने बताए । ‘खोई गिरिजाप्रसाद कोइराला ? जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन् । वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’, उनले भने ।

तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयु’द्ध’ दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा विहीबार आयोजित कार्यक्रममा प्रचण्डले काँग्रेसका तत्कालीन सभापति कोइरालाले नै माओवादीलाई ‘ठूल्ठूला फौजी आक्रमण गर्न’ सुझाएको बताएका थिए।

प्रचण्डले भनेका थिए , ‘कोइराला र मेरोबीच लगातारजस्तो, झन्डै झन्डै दिनदिनैजस्तो कुराकानी हुन्थ्यो। उहाँले हामीलाई फौजी आक्रमण अझै बढाइदिनुपर्‍यो, सदरमुकाम हान्नुपर्‍यो, अझै ठूल्ठूलो हमला गर्नुपर्‍यो भन्नुहुन्थ्यो। यो बढो विचित्रको थियो। यस्तो संसारमा कमै हुन्छ।’ प्रचण्डका उक्त अभिव्यक्तिप्रति काँग्रेसले आपत्ति जनाएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालीन समयको काँग्रेसको भूमिकाबारे प्रश्न उठाएका छन् ।

यस्तै नेपाली काँग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले विहबिार दिएको अभिव्यक्तिप्रति ध्यान गम्भीर ध्यानकर्षण भएको जनाएको छ । विहीबार जनयु;द्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *