अहिलेकाे सरकारसँग जनताले तीब्र विकासकाे आशा गरेको छ : प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

काठमाडाैं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालपनको संरक्षण, युवा अवस्थामा रोजगारी र बृद्ध अवस्थामा सुरक्षा भएको समाजलाई मात्रै वास्ताविक लोकतन्त्र ठान्ने बताउनुभएकाे छ । सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुगेको अवसरमा आज प्रतिनिधिसभामा सम्बाेधन गर्नुहुँदै उहाँले साे कुरा बताउनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले विस्तारै लाेकतन्त्र महशुस हुँदै गएकाे पनि बताउनुभयाे । ‘हाम्रोमा लाेकतन्त्र विस्तार हुँदै छ, म त्यस्तो लोकतन्त्रलाई मान्छु, जहाँ हरेक नागरिकको शिक्षा र स्वाथ्यको सुनिश्चिता होस्,’ उहाँले भन्नुभयाे, ‘बालपनको संरक्षण, युवा अवस्थामा रोजगारी र बृद्ध अवस्थामा सुरक्षा भएको समाज व्यवस्था होस् ।’

सबै नागरिकलाई न्याय र समानता र मर्यादा सहितको लोकतन्त्र मात्र वास्तविक लोकतन्त्र मान्ने पनि उहाँले बताउनुभयाे । पहिलाे वर्ष प्रतिनिधिसभामा सम्वोधन गर्दा विराेध भएर गर्न नपाएकाे सम्झनुहुँदै भन्नुभयाे, ‘पहिलाे वर्ष विराेधका कारण सम्बाेधन गर्न पाइन, सदन बाहिर नै सम्बाेधन गर्नु परेकाे थियाे, दाेस्राे वर्ष सदनमै बोल्ने वातावरण बनेको छ, खुशी लागेको छ,’ उहाँले भन्नुभयाे ।

७/८ महिनामै सरकार फेरिरहने अस्थिरतालाई ध्यानमा राख्दा दुई वर्षसम्म एउटै सरकार रहनु पनि उपलब्धिको रुपमा लिनुपर्ने अवस्था भएको प्रधानमन्त्री ओली बताउनुभयाे । अघिल्लो वर्ष मैले आधार वर्ष भएको बताएको स्मरण गर्दै उहाँले भन्नुभयाे, ‘दोस्रो वर्षलाई विकासको आधार वर्षको रुपमा लिएको छु।’पहिलाे वर्ष आधार वर्ष र दाेस्राे वर्ष विकासको आधारको वर्ष बनेकाे पनि उहाँले बताउनुभयाे । ‘याे वर्ष हामीले विकासकाे आधार खडा गरेको छौँ, पाँच वर्षसम्म हामीले देख्ने सपना अर्कै हुनेछ,’ उहाँले भन्नुभयाे ।

संघीयताको नयाँ संरचनाको सहज सञ्चालनका लागि आफूले काम गरेको दाबी गर्नुभयाे । उहाँले दोस्रो वर्षमा ५५ नयाँ कानुन निर्माण भएको र २०१ वटा ऐन संशोधन भएको र मौलिक हक कार्यान्वयनमा आएकाे पनि बताउनुभयाे ।प्रधानमन्त्री ओलीले अहिलेकाे सरकारसँग जनताले तीब्र विकासकाे आशा गरेकोसमेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *