गगन-अञ्जनाको प्रेम : गलत म्यासेजले यसरी भयो विवाह सम्भव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापा नेपाली राजनीतिमा लोकप्रिय नेताहरुमध्ये पर्छन् । गलत म्यासेजका कारण उनकी जीवन साथी अञ्जना केसीसँग थापाको पहिलो पटक कुराकानी भएको थियो ।आज फेब्रुवरी १४, हामीले गगन-अञ्जनाको पहिलो भेटवार्तादेखि विवाहसम्मको विषयमा जानकारी दिँदैछौँ । कसरी भयो त गलत म्यासेजबाट विवाह सम्भव ?गलत म्यासेजले पहिलो पटक कुराकानीअञ्जनासँग मेरो संयोगले पहिलो कुराकानी भएको थियो । उनी र मबीच एउटा गज्जबको संयोग छ ।

दुवैजनाको जन्मदिन एकै दिन हो । उनी मेडिकल डक्टर हुन् । मेडिकल डक्टर सकेपछि उनी केही समयमा अमेरिका बसिन् ।हाम्रो पहिलो कुराकानी संयोगले भएको हो । आन्दोलनको समयमा एउटा गलत म्यासेजका कारण उनीसँग मेरो पहिलो पटक कुराकानी भएको थियो । त्यसको केही समयपछि अर्जुननरसिंह केसीको छोरी भन्ने थाहा भयो ।अञ्जनाले मलाई चिने पनि मैले नचिनेको रहेछु ।

आन्दोलनको समयमा हामी लुकेर बसेका थियौँ । त्यहीँ बेलामा उनले आफ्नो बहिनीलाई अमेरिकामा युएसएमएली भन्ने इक्जामको नम्बर कति आयो भनेर हेर्नका लागि टेक्स पठाएकी रहेछन् । त्यो म्यासेज मेरोमा आइपुग्यो ।मैले सरी यो गलत नम्बर भनेर टेक्स पठाएँ । तर मलाई उनी को हुन् भन्ने थाहा थिएन । उनको बावुको मोबाइलमा मेरो नम्बर सेभ थियो होला, सायद त्यहीँ भएर झुक्किएको हुनुपर्छ । त्यसपछि उनले थाहा पाइन् यो गगनको नम्बर भन्ने ।त्यसपछि मलाई जिस्काएर म्यासेज आउन थाल्यो ।

मैले कहिले काहीँ मात्र रेस्पोन्स गर्थें । मैले फेक भन्ने थाहा पाइसकेको थिएँ । त्यही पनि रमाइलो । यो उमेरमा कोही केटीहरुले फल्ट गरिरहेको छ भन्ने लागेको थियो मलाई । रमाइलो पनि लाग्यो, ठिकै छ भनेँ ।आन्दोलनकै क्रममा बबण्डर भयो । उनले घरमा टियर ग्यास छिरेर हजुरआमालाई लाग्यो भनिन् । त्यो बेलासम्म मैले चिनेको थिइनँ । त्यो भनेपछि भने मैले अर्जुननरसिंह केसीको घरमा टियर ग्यास लागेको थाहा पाइहालें । किनभने मैले पत्रपत्रिकामा पढेको थिएँ ।यस घटनापछि उनी अर्जुननरसिंह केसीको छोरी हुन् भन्ने थाहा भयो । तर‚ कति जना छोरी छन् र उनी कुन् भन्ने थाहा थिएन ।आन्दोलन सकिएपछि हामीबीचमा टेक्स हुँदै फोनमा पनि कुराकानी हुन थाल्यो । बिस्तारै जन्मदिन एकै दिन भएकाले बर्थ डेमा भेटौँ न भन्ने भयो । वैशाखमा आन्दोलन सकियो । साउन ४ गते हाम्रो जन्मदिन हो ।

साउन ४ गते हामीले भेट्यौँ । यो भेट रमाइलो लाग्यो । बिस्तारै नजिकका साथी हुन थाल्यौं । गफ पनि बढ्न थाले । उनी आफ्नो करियर अगाडि बढाउन पढ्न बाहिर गइन् । म यहीँ रहेँ । हामीबीच कुराकानी भने चलिरह्यो । एक समयमा पुगेपछि मलाई मेरो लाइफ पार्टनर हुन्छ भन्ने लाग्यो । उनलाई पनि त्यहीँ लागेको रहेछ ।हामीले सल्लाह गर्‍यौं । उनी अमेरिकाको करियर छाडेर नेपाल आइन् । संविधानसभाको निर्वाचनलगत्तै हामीले विवाह गर्‍यौं । विवाहपछि उनी युके पुगिन् । त्यहाँबाट मास्टर पढेर फेरि उनी नेपाल आइन् । उनी पब्लिक हेल्थमा गइन् ।

उनी अहिले सेभ द चिल्ड्रेनमा काम गर्छिन् ।हाम्रो अर्को पनि संयोग छ । पहिलो छोरी गारगी अहिले साढे आठ वर्षकी भइन् । अर्की छोरीको जन्म पनि एकै दिन भयो । मेरी दुईवटै छोरीको जन्म एकै दिन भयो ।अहिले हामी बाआमासँग बस्छौँ । मेरा बा र आमा मेरो ठूलो शक्ति रहनुभयो । मेरो दाइ, भाइ, मेरो परिवार र मलाइ सबैको सहयोग मिल्यो । आज म जुन ठाउँमा छु, त्यसको ठूलो बल परिवारबाट आएको हो । विवाहअगाडि जुन तागत थियो, अञ्जना भित्रिएपछि दोब्बर भएको छ । धेरै खुसी परिवारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *