ए डिभिजन लिगः उपाधीका लागि मछिन्द्र र आर्मी भिड्दै

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधी भिडन्त आज हुँदैछ ।यसका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।

यो खेलले लिग विजेता टोलीको टुङ्गो लगाउनेछ । खेल जसले जीते पनि लिगमा नयाँ क्लब च्याम्पियन हुन लागेका हुन । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् ।

स्थिर प्रर्दशन र टिम गेमको राम्रो नमुना प्रस्तुत गरेको आर्मी लयमा देखिन्छ । राष्ट्रिय टिमका अधिकांश स्टार खेलाडी अनुबन्धन गरेको मछिन्द्रसंग व्यक्तिगत रुपमा उत्कृष्ट खेल्न सक्ने खेलाडीको मिश्रण छ ।

दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधी जित्नेमा ढुक्क समेत छन् । लिगमा आर्मी शीर्ष स्थानमा छ भने मछिन्द्र दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *