यी १० लक्षण देख्नु भयो भने ढुक्क हुनुहोस तपाईले मनपराएको युवती तपाईकै

धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन । तर, पुरुषप्रति सजिलै र सिधा रुपमा प्रेमको अभिव्यक्ति भने गर्दैनन् । त्यसोभए युवतीले आफुलाई मन पराइरहेकी छिन भन्ने कसरी थाहा पाउने त ?

मनोविज्ञहरुले केही यस्ता लक्षण खुट्याएका छन्, जसले कोही युवति युवकप्रति नतमस्तक भएको संकेत गर्छ । यस्ता छन, ती १० लक्षण :

१. कुनै युवतीले तपाइको मोबाइल म्यासेज, इमेल, ट्वीट तथा फेसबुक म्यासेजको तत्कालै जवाफ दिन्छिन्, कललाई बेवास्ता गर्दिनन् र फोन उठाउन नपाएमा माफी माग्दै लामो म्यासेज पठाउँछिन् भने बुझ्नुहोस् उनको मन पग्लिसकेको छ ।

२. उनका साथीले पनि तपाईलाई साथी बनाउन थाले भने बुझुनुस केही विशेष हुँदैछ । यदि कुनै युवतीले तपाइँलाई मन पराइन् भने त्यो उनका साथीहरुलाई थाहा हुन्छ । त्यसपछि ती युवतीका साथीहरुले पनि तपाइँलाई साथी बनाउन थाल्छन् ।

३. तपाइलाई कोही राम्रो मान्छेसँग तुलना गर्दै त्यो मान्छे ठ्याक्कै तपाइजस्तै छ भन्छिन भने ढुक्क हुनुस त्यो अरुको बहाना बनाएर तपाइकै प्रशंसा गरेको हो ।

४.उनले तपाइका भूपु प्रेमिकाहरुका बारेमा हरेक कुरा जान्न चाहन्छिन् । तर उनले ती भुपु प्रेमिकाहरुलाई गाली गर्छिन र भन्छिन्, ‘उनीहरु नभएकाले तपाइलाई असाध्यै राम्रो भयो ।’ यसको अर्थ हो उनी नै तपाइकी प्रेमिका बन्न तयार भइसकिन ।

५. तपाइको जन्मदिन होस वा कुनै उपलब्धि तपाइभन्दा उनी बढी खुशी भएको जस्तो लाग्यो भने थाहा पाउनुहोस् उनले तपाइको खुशीलाई नै आफ्नो खुशी ठान्न थालिसकिन् । त्यति मात्रै होइन, तपाइको परिवारको कसैको जन्मदिन वा पदोन्नति त्यसमा समेत उनले चासो राख्ने र खुशी व्यक्त गर्ने गर्छिन ।

६. बाटोमा वा रेष्टुरेन्टमा नै किन नहोस उनी तपाइसँग निकै नजिक आउछिन् र हात समाउन खोज्छिन् भने बुझ्नुस तपाइलाई भेट्न नपाउँदा उनी खुबै तड्पिन्छिन् ।

७. तपाइले जतिसुकै बेला फोन गर्नुभयो भने पनि रिसिभ गर्छिन र भोलि बिहान छिट्टै उठ्नुपर्ने छ भने पनि रातभर तपाइसँग फोनमा कुरा गर्न तयार हुन्छिन् भने त्यसको संकेत हो उनले तपाइलाई माया गर्न थालिन ।

८. तपाइ तनाव तथा चिन्तामा रहेको थाहा पाउँदा उनी आफू बढी चिन्तित हुन्छिन र तपाइको मुहारमा खुसी ल्याउन सबै उपाय लाउछिन भने ढुक्क हुनुस अब उनी तपाइकै हुन् ।

९. यदि उनीसँग भेट्ने योजना बनाउनुभयो भने तपाइले भेट्ने भनेको ठाउँमा आउनुहुन्छ की आउनुहुन्न भनेर पटक पटक यकिन गर्छिन र पाँच मिनेट अगाडि मात्र भेट्ने कुरा थाहा पाइन भने पनि सकेसम्म राम्रो ड्रेसमा सजिएर आउँछिन । तपाइलाई खुसी पार्न उनले ड्रेसमा कुनै कम्प्रोमाइज गर्दिनन् भने बुझनुस उनको खुशी नै तपाई हो ।

१०. यदि तपाइले अरु कुनै केटीको तारिफ गर्नुभयो र कुनै अर्थमा राम्रोभन्नुभयो भने उनको मुहारको भाव तत्कालै विग्रिन्छ । उनल

Leave a Reply

Your email address will not be published. Required fields are marked *