सोच्ने नसक्ने गरि एकासी ह्वात्तै बढ्यो सुन, चाँदीको भाउ

नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार रहेको थियो । भने आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला सुन ७६ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको ७६ हजार २ सय रहेको छ । साथै आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । शु्क्रवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । भने आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदी ८ सय ८५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *