प्रधानमन्त्री ओली जन्मदिन मनाउन जन्मस्थान तेह्रथुम जाँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मस्थान तेह्रथुमकाे आठराइ गाउँपालिका जाने भएका छन्।उनी हेलिकोप्टरमार्फत् आइतबार त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री ओली बिहान ९ बजेपछि तेह्रथुम जाने कार्यक्रम रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आज प्रधानमन्त्री ओलीको ६९औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमकाे आठराईमा भएको हो। २००८ सालमा आठराइमा जन्मेका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो।

स्वास्थ्यमा समस्या भएपछि बालुवाटारभन्दा बाहिरका कार्यक्रममा कम सहभागी हुने गरेका प्रधानमन्त्री आज तेह्रथुम जान लागेका हुन्। प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह अनुरुप नै कार्यक्रममा कम सहभागी हुने गरेका हुन्।

प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि जन्मस्थान आठराईमा विशेष कार्यक्रम गर्न लागिएको छ। आठराई गाउँपालिकामा प्रधानमन्त्रीको पुरानो घर निजकै हेलिप्याड निर्माण गरिएको छ।

प्रधानमन्त्रीको जन्मदिन मनाउन गाउँपालिकाले तयारी तीव्र पारेको आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वाले जानकारी दिइन्। प्रधानमन्त्रीले सडक उद्‌घाटन गर्ने कार्यक्रम रहेकाे उपाध्यक्ष कन्दङ्वाले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *