परिमार्जनविना एमसिसी अनुमोदन हुने स्थिति छैन: प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी संशोधनपछि मात्रै अनुमोदन हुने बताएका छन्।एमसिसीबारे पार्टीले बनाएको कार्यदलले प्रतिवेदन बुझाएपछि शनिबार बसेको सचिवालय बैठकले संशोधन र परिमार्जपछि मात्रै एमसिसी अनुमोदन गर्ने छलफल गरेको उनले बताए।

जनकपुरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘संशोधन र परिमार्जनविना एमसिसी अनुमोदन हुने स्थिति छैन।’उनले एमसिसी सम्झौताबारे गहिरो गरी अध्ययन गरिएको पनि बताए। एमसिसी सम्झौता नेपालको पूर्वाधार क्षेत्रमा सहयोग गर्ने अमेरिकी सहयोग हो।

शेरबहादुर देउवा सरकारका पालामा २०७४ सालमा एमसिसी सम्झौता गरे पनि संसदबाट अनुमोदन भएको छैन।एमसिसीबारे नेकपाभित्रै विवाद छ। केही बुँदा परिमार्जन गरेर एमसिसी अनुमोदन गरी कार्यान्वयनमा लैजाने पक्षमा नेकपा देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *