जति नै मिल्ने साथि भएपनि नसुनाउनुहोस यी कुराहरु

हरेक कुराको आफ्नो आफ्नो स्थान हुने गर्छ कति कुराहरु अरुलाई सुनाउन मिल्ने खालको हुन्छ भने कति कुरा हरु जीवन भर गोप्य राख्नु पर्ने हुन्छ आज हामि आफ्नै जतिनै नजिक भएको साथीलाई पनि सुनाउन नहुने कुराको बारेमा चर्चा गर्न गैरहेका छौ

हरेक मानिसहरुलाई साथी विनाको साथ नरमाइलो लाग्छ । किनभने यहाँ बच्चादेखि वृद्धसम्मको आ आफ्नै उमेर समुहको साथी हुन्छ । जसले एक साथीलाई समस्या पर्दा अर्को साथीले निस्वार्थ सहयोग गर्छ ।

एक असल साथी बनाएपछि उसँग हरेक कुराहरु साटाँसाट गर्ने गरिन्छ । जसले आफ्नो हरेक समस्याको समाधान गरिदिन्छन् । जसले हाम्रो तनाव कम हुन्छ र हामी आफुसँग भएको पिडालाई भुल्छौ।त्यसैले हामी साथीसँग आफ्नो जरादेखि टुुप्पासम्मको कुरा भन्छौ ।

त्यसैले विचार गर्नुस , यदि मिल्ने साथीसँग तपाईको सम्बन्ध विग्रियो भने शत्रु पनि बन्न सकिन्छ। त्यसैले यी कुराहरु विर्सेर पनि नभन्नुहोस्।

(पहिलो आफ्नो घरपरिवारको आर्थिक कुरा सुनाउनु हुदैन्।
(दोस्रोमा परिवारको भित्री कुरा र सम्बन्धहरु पनि सुनाउनु हुदैन्।
(तेस्रोमा आफ्नो श्रीमतीसँगको भएका गोप्य कुराहरु पनि सुनाउन हुदैन् । किनभने आज घनिष्ठ बनेको मित्र भोली दुश्मन पनि हुन सक्छन्। त्यसैले विचार गर्नुस् ।

यो पनि >> सम्बन्धमा झैझगडा नल्याउन ख्याल गर्नै पर्ने यी ९ शुत्र !!

इमान्दार हुन्छन् झगडाको सुरुवात गर्नेहरु

दाम्पत्य सम्बन्धमा रिसाउने व्यक्ति एक-अर्काप्रति धेरै नै इमान्दार हुन्छन् भन्ने कुरा अनुसन्धानकर्ताको धारणा रहेको छ । त्यस्ता दम्पती एक-अर्कालाई प्रेम गर्ने, ध्यान दिने र मन नपर्ने कुरामा परिर्वतन चाहाने किसिमका हुन्छन् ।

त्यस्तै जुन दम्पतीबीचमा माया-प्रेम हुँदैन, उनीहरु एक-अर्काको कुरामा ध्यान नदिने, वास्ता नगर्ने किसिमका हुन्छन् । जुन दाम्पत्य जीवनमा धेरै झगडा हुन्छ, त्यस्ता दम्पतीबीच अथाह प्रेम र उनीहरुको सम्बन्ध पनि बलियो हुन्छ ।

लामो समयसम्मको प्रेम

एक-अर्कासँग वहस हुँदा उस्तै शैलीमा सवाल-जवाफ गर्ने र हरेक कुरालाई प्रष्ट रुपले खुलाएर भन्ने, स-साना कुरा जुन आफुलाई चित्त बुझेको छैन, ती कुराहरुका बारेमा पनि खुलेर वहस गर्नेको सम्बन्ध बलियो हुन्छ । वहसको समयमा एक-अर्कालाई बुझ्ने कोसिस गर्ने र आफ्नो सम्बन्ध बलियो बनाउनका लागि आफ्ना भावनाहरुलाई ब्यक्त गर्न आवश्यक छ ।

दम्पतीबीचको झगडा के कारणले भयो, त्यो महत्वपुर्ण हुँदैन । तर, झगडालाई कसरी व्यवस्थापन गर्ने त्यो महत्वपुर्ण हुन्छ । झगडापछि बोलचाल नै बन्द गर्नु हुँदैन, आफ्नो मनमा लागेेको कुरा सबै बताउनु पर्छ । सानो झगडालाई ठुलो हुन दिनु हुन्न, सानो झगडा ठुलो भएर कुटपिटसम्म पुग्यो भने त्यसले सम्बन्ध टुक्क्राउन पनि सक्छ । यो कुरालाई ध्यान दिनु आवश्यक छ । केही कुरा यस्ता हुन्छन्, जुन झगडा गर्ने क्रममा पनि भन्नु हुँदैन ।

अपमान (इन्सल्ट) गर्नु हुँदैन

झगडाको समयमा एक-अर्कालाई इन्सल्ट गर्ने प्रयास गर्नु हुँदैन । यदि सानो झगडाले ठुलो रुप लिन थाल्यो भने आफुलाई सम्हाल्नु पर्छ । जुन कुराले एक-अर्कालाई चोट पुर्‍याउँछ, त्यो कुरा बोल्नु हुँदैन । तपाईंले रिसको झोंकमा बोलेको कुराले तपाईंको पार्टनरले जीवनभर मनमा लिएर बस्न सक्छन् ।

पुरानो कुरा नगर्नुहोस्

झगडा भएको समयमा बितिसकेका अथवा पुराना कुराहरु निकाल्नु हुँदैन । झगडाको कारण अर्को हुन्छ तर पुराना कुराहरु कोट्याएर झगडालाई अझ बढाउनु गलत हो । त्यस्ता कुराहरु जुन तपाईंले पहिले नै सुल्झाइसक्नु भएको छ भने त्यो कुरामा पुनः वहस गर्नु मुर्खता हुन्छ ।

यदि तपाईं एक-अर्कालाई प्रेम गर्नु हुन्छ भने बितिसकेका कुरालाई पुनः वहसको कारण बनाउने भुल नगर्नु होला । त्यसले तपाईंलाई निराशता मात्र प्राप्त हुन्छ ।

म कमाउने तिमी उडाउने

यो वाक्य त्यस्तो हो, जुन कुनै पनि श्रीमतीले सुन्न चाहान्नन् । आफु कमाउँछु भनेर कहिले पनि श्रीमतीको अगाडि फुर्ती लगाउनु हुँदैन । दाम्पत्य जीवनमा श्रीमान्-श्रीमतीले आ-आफ्नो जिम्मेवारी पुरा गरेका हुन्छन्, त्यसैले कहिले पनि एक-अर्काबीच तुलना गर्नु हुँदैन ।

सानो कुरालाई ठुलो नबनाउनुहोस्

कुरा सानो होस् अथया ठुला एक-अर्काको कुरा राख्ने अधिकार दुबैलाई हुनु पर्छ । एक-अर्काको कुरा ध्यानपूर्वक सुन्नु आवश्यक छ । आफ्नो पार्टनरको दृष्टिले पनि हेर्ने कोसिस गुर्न पर्छ । त्यसले झगडा रोक्न सहयोग गर्छ ।

एक-अर्कासँग कुरा गर्नुको फाइदा

झगडा भएपछि कुराकानी बन्द भयो भने समस्याको समाधान पनि निस्कदैन । त्यसैले झगडापछि पनि बोलचाल गर्नु पर्छ । हो, कसैको स्वभाव नै जिद्दी हुन्छ, सम्झाउन गाहो हुन्छ तर तपाईंले धैर्यताका साथ काम लिनु आवश्यक हुन्छ ।

नातेदारको बारेमा नबोल्दा राम्रो

प्रायः दम्पतीहरु एउटा कुरामा झगडा परेको हुन्छन् तर कुरा एक-अर्काको नातेदारको हुन थाल्छ । तिम्रो नातेदार यस्तो, तिम्रो नातेदार उस्तो भनेर एक-अर्कालाई घोचपेच गर्न थाल्छन् । झगडाको क्रममा एक-अर्काको आमा-बुबा, भाइ-बहिनीलाई निशाना बनाएर अपि्रय बोली बोल्नु हुँदैन । त्यसले झगडा झन् बढाउँछ । कसैले पनि आफ्नो नातेदारको बारेमा नराम्रो सुन्न सक्दैन । त्यसैले दुबैले एक-अर्कामा नियन्त्रण राख्न आवश्यक छ ।

अरुसंग तुलना गर्नु हुँदैन

श्रीमान्को गुनासो हुन्छ-तिमी भन्दा समझदार त तिम्री दिदी, बहिनी अथवा भाउजु छिन् । उनीहरु कहिल्यै आफ्ना श्रीमानसँग वहस गर्दैनन् ।

श्रीमतीको गुनासो झन् कडा हुन्छ-पहिला आफुलाई हेर, तिम्रो बुबा र दाई जस्तो तिमीमा के त्यस्तो गुण छ र ? तिमीसंग विवाह गरेर म फसेँ । मेरो साथीको श्रीमान्ले उनलाई कस्तो माया गर्छन्, तिमीले मलाई त्यस्तो कहिल्यै गरेनौ. । श्रीमान्-श्रीमतीको झगडामा त्यस्ता कुराहरु धेरै हुने गर्छन् । तपाईहरुबीच भएका झगडामा आफूसँग अरुहरुको तुलना कहिले पनि गर्नु हुँदैन । श्रीमान्-श्रीमती दुबैले त्यस्ता कुराहरु सहन सक्दैनन् ।

आफ्नो अनुहार हेरेका छौ ?

श्रीमान्-श्रीमतीले एक-अर्कालाई होच्याउनु हुँदैन । श्रीमान्को भनाइ हुन्छ-जति क्रिम लगाए पनि अनुहार उस्तै हो, शरीर मोटाएर भैंसी जस्तो भैसक्यो । श्रीमती भन्छिन्-सेतो कपालमा कलर गरेर कालो बनाउनु, मेरो अगाडि बुढो देखियो’ जस्ता कुराहरु एक-अर्कालाई भन्नु भनेको दुबैले एक-अर्काको बेइज्जत गर्नु हो । त्यस्ता कुराले दुबैको मन दुख्छ । त्यसैले आफ्नो बोलीमा नियन्त्रण राख्नु पर्छ । उमेर अनुसार हरेक मानिसमा परिपक्वता आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *