गुगलमा नखाेजाैँ यी तीन कुरा

जतिबेला हामीलाई कुनै प्रश्नको जवाफ चाहिन्छ, सबैभन्दा पहिले हामी गुगलको प्रयोग गर्छौं ।गुगल बाबाले हामीलाई निराश पनि बनाउँदैनन् । उनीसँग विश्वभरका सबै जानकारी संग्रहित छन् । तर, बिर्सेर पनि यी तीन गुगलमा नखोजौं, नत्र पछुताउने पर्ने हुन्छ ।

बम बनाउने तरिका गुगलमा बिर्सेर पनि बम बनाउने तरिकाबारे सर्च नगरौँ । जब तपाईं बम बनाउने तरिका या यससँग कुनै प्रश्न गुगलमा टाइप गर्नुहुन्छ, त्यतिबेला गुगलले तपाईंको आइपी एड्रेस सुरक्षा एजेन्जीलाई पठाउँछ ।

आत्महत्या गर्ने तरिका यदि आत्महत्या गर्ने तरिकाबारे पनि तपाईं गुगल गर्नुहन्छ भने, गुगलले तपाईंलाई एक हेल्पलाइन नम्बर दिनेछ । र, उक्त नम्बरमा तपाईंले कल गर्नुहुन्छ, जुन एक काउन्सुलरसँग कनेक्ट हुन्छ । उसले तपाईंलाई सम्झाउने कोसिस गर्छ । यस्तै, तपाईंलाई दिएको हेल्पलाइन नम्बरप्रति बेवास्ता गर्दै अन्य नतिजामा जानुहुन्छ भने त्यहाँ कुनै त्यस्तो लेख भेटिने छैन, जसले तपाईंलाई आत्महत्या गर्न सिकाओस् । तर, केही जानी भेटिइहाल्यो भनेपनि तपाईंलाई आत्महत्या गर्ने तरिकाबारेभन्दा पनि यस्तो नगर्ने सुझाव दिइएको हुनेछ ।

बिमारी तपाईंको स्वास्थ्य ठीक छैन । त्यसका केही लक्षण छन् । र, ती लक्षणको आधारमा आफूलाई के भएको हो भनेर जान्नका लागि गुगल गर्नु हुँदैन । यदि गुगलमा तपाईंले ती लक्षणबारे लेख्नुभयो भने के थाहा, कुनै ज्यानलिने बिमारी हो पो भनिदिन्छ कि ? कतिपय अवस्थामा सामान्य बिमारीलाई पनि ठूलो रोग लागेको बताउन सक्छ गुगलले । त्यसैले आफ्नो स्वास्थ्बारे जान्न गुगल होइन, डक्टकहाँ जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *