रवि लामिछानेले अभिनय गरेको चलचित्र “माइकल अधिकारी” को छायांकन सकियो

काठमाडौं ०५ फागुन / प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन समापन भएको छ । झापा र इलाममा ३८ दिन छायाङ्कन गरेर छायाङ्कन सकिएको हो ।

गोपी कृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ । आगामी चैत्र २८ गते प्रदर्शन मिति तय गरिएको चलचित्रका निर्माता निरक पौडेल हुन् भने निर्देशनको जिम्मा रञ्जित रौनियारले लिएका छन् ।

यस चलचित्रमा अहिले सम्मकै भिन्न अभिनय रहेको अभिनेता सौगात मल्लले बताएका छन् । चलचित्रमा सौगात र सृष्टि आर्थिक स्थिती कमजोर भएको जोडीको रूपमा देखिने छन् । सृष्टिले पैसाको लागी बच्चा जन्माइदिने विवाहित महिलाको भूमिका निभाएकी छिन् ।

यस चलचित्रमार्फत आफ्नो काम देखाउने अवसर मिलेको अभिनेत्री सृष्टि श्रेष्ठले बताएकी छिन् । छायाङ्कन समापन घोषणा कार्यक्रमका प्रमुख अतिथि सञ्चार कर्मी रवि लामिछानेले चलचित्र हरिदिनु भन्दै रडाको गरिरहनु नपर्ने बताएका छन् ।

उनले कथा बस्तु राम्रो छैन भने चलेका कलाकार राखेर मात्र अबको समयमा चलचित्रले सफलता प्राप्त गर्न सक्दैन र फिल्म कर्मीहरूले अन्य प्रचारमा गर्ने खर्चलाई कथा बस्तुमा खर्च गर्न सुझाव समेत दिए ।

यस चलचित्रमा सर्वाधिक लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेको अभिनय दर्शकले देख्न पाउने भएको छ । सञ्चारकर्मी लामिछानेको चलचित्रमा छोटो भुमिका रहेको निर्माण टिमले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *