नेकपालाई कांग्रेसको प्रश्न- व्यक्तिलाई हेरेर संविधान संसोधनको तमासा किन?

काठमाडौं- व्यक्तिलाई पदमा पुर्‍याउने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान संसोधनको प्रक्रिया सुरु गरेको प्रति कांग्रेसले आपत्ति जनाएको छ। विगतमा मधेशी, जनजाति, दलित, थारुले संविधान संसोधनको माग गर्दा बेवास्ता गरेको नेकपाले व्यक्तिलाई हेरेर संविधान संसोधन गर्न लागेको प्रति कांग्रेसले आपत्ति जनाएको हो।

प्रवक्ता विश्वप्रकाश शर्मा ट्विटमा लेख्छन्, ‘मधेसले माग्यो संविधान संशोधन, भनियो–हुन्न। जनजातिले मागे, हुन्न भनियो। दलित, थारु अनि अरुले मागे, तिनलाई पनि हुन्न भनियो।’वामदेव गौतम राष्ट्रिय सभामा गएसँग प्रधानमन्त्री हुने बाटो खोल्ने गरी हुन संविधानको संसोधन तयारीप्रति आपत्ति जनाउँदै शर्मा नेकपाका प्रधानमन्त्री र अध्यक्षलाई प्रश्न गर्छन्, ‘कोही एक व्यक्तिको अनुहार हेरेर संशोधन तयारी?’

संविधान संसोधनको विषयमा गम्भीर रूपमा राष्ट्रिय विमर्श हुनुपर्ने शर्माको धारणा छ। उनले अध्यक्षद्धयलाई प्रश्न गर्छन्, ‘गम्भीर राष्ट्रिय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरू?’नेकपाको सचिवालय बैठकले राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्ने तयारी गरेको छ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा ल्याएसँगै संविधान संसोधन गर्ने नेकपाको तयारी छ।संविधान संसोधनको गृहकार्य गर्न नेकपाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ।तथापि,कार्यदल सदस्यले औपचारिक पत्र भने पाएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *