आज फेरि ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा पाँच सयले बढेको हो । शुक्रबार प्रतितोला ७६ हजारमा कारोबार भएको सुनको मूल्य आज ७६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *