आज कुन देशको विनिमयदर कति ? यस्तो छ २० देशको तालिका

नेपाल राष्ट्र बैंकले मंगलबार (फागुन ६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४५ पैसा र बिक्रीदर २७ रुपैयाँ ६० पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *